चिनी मिलले दिन बाँकी उखुको बक्यौता रकम माग गर्दै उखु किसानरुले हलो–जुवा बोकेर काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । गत वर्ष भएको सहमति कार्यान्वयन नभएपछि उखु किसान आफ्नो बक्यौता रकम माग गर्दै काठमाडौं आइपुगेका हुन् ।
काठमाडौंको चिसोसँग पौंठेजोरी खोज्दै उनीहरु आफ्नो पसिनाको मूल्य दिन सरकारसँग आग्रह गरिरहेका छन् ।
चिनी मिलबाट किसानहरुले करिव ९० करोड भुक्तानी पाउन बाँकी रहेको छ।
प्रकाशित: २ पुस २०७७ ०९:५६ बिहीबार