फोटो फिचर

मन्त्रीले विचौलिया भनेपछि उखुको बिलसहित किसान धर्नामा (फोटो फिचर)

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले माइतीघर मण्डलामा आन्दोलन गर्ने किसान नभई बिचौलिया भएको चिनी उद्योगीले बताएको प्रतिक्रिया दिएपछि किसानले चिनीको बिलसहित धर्नामा बसेका छन्।  

गत वर्ष भएको सहमति कार्यान्वयन नभएपछि उखु किसान आफ्नो बक्यौता रकम माग गर्दै काठमाडौं आइपुगेका छन्। २०७६ माघ ७ गतेसम्म किसानको बाँकी रहेको रकम चिनी मिलले भुक्तानी दिने सहमति भए पनि त्यो कार्यान्वयन भएको छैन।

किसानहरुलाई बार्तामा आउन सरकारले भने पनि किसानहरुले आफ्नो रकम लिएर आउन मन्त्रीलाई भनेका थिए।  चिनी मिलबाट किसानहरुले करिव ९० करोड भुक्तानी पाउन बाँकी रहेको छ।  

 

 

 

 

उखु किसान