फोटो फिचर

तानियो रातो मत्स्येन्द्रनाथको रथ (फोटो फिचर)

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा भएको छ। पुल्चोक मच्छिन्द्रवहालमा रहेको रथलाई विधि अनुसार तानिएको हो। रथ तान्नु अगाडि गुर्जको पल्टनबाट सलामी दिएको थियो। कडा सुरक्षा व्यवस्थाका साथ रथ तनिएको हो।

कोरोना महामारीका कारण रथयात्रा प्रभावित भएको थियो। पुजाआजाका सम्पूर्ण काम आजै सक्ने र साइत हेराएर रातो मत्स्येन्द्रनाथको मुर्तिलाई बुङमति लगिने जनाइएको छ। आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तानिएको छ। यस अघि युवाहरुको एक समूहले रथ तानेपछि झडप समेत भएको थियो।