फोटो फिचर

निषेधाज्ञामा मत्स्येन्द्रनाथको रथ तान्नेमाथि प्रहरी हस्तक्षेप, पानीकाे फाेहरा र अश्रुग्याँस प्रहार

कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा जारी निषेधाज्ञाकै समयमा रातो मत्स्येन्द्रनाथको रथ तानेपछि प्रहरीले हस्तक्षेप गरेको छ। रथ तानिरहेका युवाहरुलाई तितरवितर पार्न प्रहरीले ललितपुरको पुल्चोकमा सुरुपमा पानीको फोहोरा प्रयोग गरेको छ। भिड तितरवितर नभएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ।  

पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले  असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्। मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन।

रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकारी नभएको बताएका छन्। रथयात्राबारे निर्णय गर्न गुठी संस्थानको बैठक आज दिउँसो बोलाइ पनि त्यस अघि नै रथ तानिदा सम्वन्धित संस्थाहरु अन्यौलमा परेका छन्।

रथयात्रा मत्स्येन्द्रनाथ