कोरोना महामारी नियन्त्रणको लागि उपत्यकामा निषेधाज्ञा छ। तर बिहीबार भिडभाडका साथ सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ तानिएको छ। पुल्चोकमा रहेको रातो मत्स्येन्द्रनाथको रथ युवाहरुको एक समूहले असोज २ गतेदेखि मलमास सुरु हुने भन्दै तानेका हुन्। मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिसकिएको भए पनि करोनाका कारण रथयात्रा हुन सकेको थिएन।
रथयात्राबारे गुठी संस्थान र ज्यापु समाजले भने जानकारी नभएको बताएका छन्। रथयात्राबारे निर्णय गर्न गुठी संस्थानको बैठक आज दिउँसो बोलाइ पनि त्यस अघि नै रथ तानिदा सम्वन्धित संस्थाहरु अन्यौलमा परेका छन्।
तस्बिर : विजय राई