फोटो फिचर

विद्युतीय शवदाह गृहमा कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कार गर्दै नेपाली सेना

पशुपतिमा अन्तिम विदाई कोरोना संक्रमित व्यक्तिको मृत्युपछि दाहासंस्कारबारे सरकारले गाइडलाईन बनाएको छ। त्यही गाइडलाईन अनुसार संक्रमितको अन्तिम संस्कार हुने गर्छ। कतिपय ठाउँमा अन्त्येष्टिको लागि लैजाँदै गर्दा अवरोध समेत भएका छन्। काठमाडौंमा विद्युतीय शवदाह गृहमा नेपाली सेनाले कोरोनाबाट मृत्युभएकाको दाहसंस्कार गर्दै आएको छ। यी तस्बिरहरु पनि संक्रमित व्यक्तिको अन्त्येष्टिको समयमा पशुपति आर्यघाटमा खिचिएका हुन्। पाटन अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिको आज सेनाले विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरेको थियो। 

दाहसंस्कारमा कोरोनाबाट मृत्यु