फोटो फिचर

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै प्रदर्शन

श्रीमतीको हत्या गरेर जेल परेका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजायँ घटाएर रिहा गरिएको भन्दै विरोध प्रदर्शन भएको छ। शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको आयोजनामा माईतीघर मण्डलामा भएको प्रदर्शनमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई महाअभियोग लगाउन माग गरेका छन्।

 ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ , 'खोई न्याय खोलाले बगायो', 'फैसला होइन न्याय चाहियो' लेखिएको प्ले कार्ड बोकेका थिए पत्नी गीता ढकाल हत्या कसुरमा जेलमा रहेका पूर्वडीआइजी रञ्जन कोइराला सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय सजाय कटौती गरेपछि बिहीबार रिहा भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्र शमेशर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघि जिल्ला र पुनरावेदन अदालतले जन्मकैद ताेकेका कोइरालाको ११ वर्ष कैदा छुट गर्ने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन्। यसअघि बूढानीलकण्ठको 'हिट एन्ड रन' केसका अभियुक्त पृथ्वी मल्ललाई पनि सर्वाेच्चले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। मादक पदार्थ खाएर तीव्र गतिमा मल्लले चलाएको कारले बूढानीलकण्ठमा लीला देवकोटालाई फुटपाथमै ठक्कर दिएको थियो। ठक्करबाट देवकोटाको मृत्यु भएको थियो। मल्ललाई ५ लाख धरौटीमा छाड्न सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र मनोजकुमार शर्माको इजलासले आदेश दिएका थिए। 

तस्बिर : केशव थोकर/ मोनिका मल्ल