फोटो फिचर

क्या सुन्दर तिम्बु पोखरी (फोटो फिचर)

पाँचथर–पछिल्लो समयमा पूर्वी पहाडका जिल्लामा चर्चित रहेको प्राकृतिक रुपमा अत्यान्त आर्कषक तिम्बु पाखेरी क्षेत्रको पदयात्रा गर्ने सिजन चलिरहेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा समुन्द्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्यमा घुम्न जानेको संख्यामा बर्षेनी बढोत्तरी भईरहेको छ।

तिम्बु पोखरी पदयात्राकालागि साउनदेखि कार्तिकको अन्तिम हप्तासम्मको समय उपयुक्त मानिन्छ। अत्याधिक चिसो हुने र बस्नकालागि प्रयोग गरीने गोठहरु कछाडतीर झर्ने भएकाले यो समय उपयुक्त मानिन्छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका रमाईला ठाँउहरु घुम्दै तिम्बु पोखरी पुगिने भएकाले यो आर्कषक गन्तव्य मानिन्छ। तिम्बुपोखरी जानै पर्छ भन्ने धारण पूर्वी क्षेत्रमा बढ्दै गएको पाईन्छ।

तिम्बु पोखरी र आसपासका क्षेत्रका अनेकन विशेषता रहेका छन्। पोखरीको पानीमा हुने फोहोर धोवी चराले टिप्ने गर्दा सफा देखिन्छ। चढाइएका पैसापनि टलक्क टल्किन्छ। पाँचथर सदरमुकाम फिदिमदेखि एकदिन गाडीको यात्रापछि एक दिन एक विहान पदयात्रा गरी तिम्बु पोखरी पुग्न सकिन्छ। तिम्बु पाखेरीको दर्शन विहानी पखको उत्कृष्ट मानिन्छ। लेकाली मौसम खुल्ने, विग्रिने भएकाले विहानीको मौसम उपयुक्त मानिन्छ। लेकाली क्षेत्रमा पाईने फूल र बन्यजन्तूहरु देख्न पाईन्छ।

सुन्दर तिम्बु_पोखरी हिमाली_सुन्दरता