फोटो फिचर

राष्ट्रकवि घिमिरेको सयाैं जन्मदिन (फोटो फिचर)

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरे आइतवार एक सय वर्षमा प्रवेश गरेका छन्। सय वर्ष पुगेको अवसरमा घिमिरेले लैनचौरस्थित निवासमा केक काटेर जन्मदिन मनाएका छन्। 

सय वर्षमा प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई शुभकामना दिन विहानैदेखि आफन्त, छिमेकी र शुभचिन्तकहरु उनको निवास पुगेका छन्। 

यसक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विहानै फूलको बुकीसहित राष्ट्रकवि घिमिरेलाई निवासमै भेटेर जन्मदिनको शुभकामना दिएकी छिन्।

सामाजिक सञ्जालमा समेत प्रयोगकर्ताले दिर्घायुको कामना गर्दै राष्ट्रकविलाई शुभकामना दिइरहेका छन्। 

विसं १९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन्। तस्बिर: राजेश केसी, बद्री विशाल भट्टरार्इको फेसवुक र राससबाट

माधवप्रसाद_घिमिरे राष्ट्रकवि जन्मदिन