काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको राजधानी काठमाडौं सिंगारिएको छ।
बिमस्टेक सम्मेलन १४ र १५ गते काठमाडौंमा हुँदैछ। सम्मेलनमा सहभागी सदस्य राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्र प्रमुखहरु नेपाल आउँदैछन्।
विदेशी अतिथिको स्वागतका लागि सरकारले द्रुत गतिमा हतार हतार काठमाडौं सिंगारेको हो। खाल्डाखुल्डी भएका सडक कालेपत्रेदेखि, सदस्य राष्ट्रका झण्डा राख्ने, रंगरोगन तथा स्वागत गेट निर्माणसम्मका काम गरिएको छ।
सम्मेलनलाई मध्यनजर गर्दै उपत्यकामा १३ देखि १५ गतेसम्म तीन दिन सम्पूर्ण निजी र भाडाका सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिएको छ।