फोटो फिचर

साउनको अन्तिम सोमबार (फोटो फिचर)

काठमाडौं– साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिडभाड लागेको छ। 

साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्। साउनको प्रत्येक सोमबार ब्रत बसेका महिलाहरुले आज विधिपूर्वक ब्रत समापन गर्दैछन्। 

साउनको सोमबार भगवान शिवको प्रिय बार भएको भन्ने धार्मिक विश्वासका साथ हिन्दू धर्मावलम्बी महिलाहरुले ब्रत बस्ने, पूजाआजा गर्ने, दान गर्ने लगायतका काम परापूर्वकालदेखि गर्दै आएका छन्। सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

 

प्रकाशित: २८ श्रावण २०७५ ०८:३२ सोमबार

#साउने साेमबार #पशुपति मन्दिर #भक्तजन