फोटो फिचर

दिनभरी व्यस्त रहन्छ काठमाडाैंकाे प्राचिन 'असन बजार' (फाेटाे फिचर)

काठमाडाैं - असन काठमाडौंकै पुरानो र एेतिहासिक व्यापारिक थलो हो। १९ औं शताब्दी अघि सम्म यो स्थानमा भारत र तिब्बतका व्यापारिहरु भेला हुने गर्दथे। प्राचिन सभ्यता र  जिवनशैलिकाे मिठाे स्वाद समेत असनले भाेग गरेकाे हुनाले यसकाे चर्चा र महत्व बेग्लै रहेकाे छ।

काठमाडौंका नाम चलेका सपिङ मल र कम्पलेक्सहरुमा नपाइने सामग्रीहरु समेत यहाँ सजिलै उपलब्ध हुने भएकाले मानिसहरुको भिड यहाँ विहान देखी साँझ सम्म बाक्लै लाग्ने गर्दछ। विभिन्न स्थानहरुवाट आएका वाटोहरुको संगमस्थल समेत भएकोले यहाँ दिनभरी देखिने मानिसको भिडभाडले यो क्षेत्र सधै व्यस्त देखिन्छ। असनमा किनमेलका लागि आउने अधिकांश ग्राहकहरुले यहाँ नुन देखी सुन सम्म सम्पूर्ण कुराहरु सुपथ मुल्यमा पाइने भएकाले समेत आफुहरुको रोजाई असन बजार बन्ने गरेको बताउने गर्छन।

असनको व्यस्तता केहि तस्विरमा (तस्विर : सुजन/नागरिक) : 

 

काठमाडाैं असन