फोटो फिचर

२४ औं विश्व आदिवासी दिवस मनाइदै (फाेटाे फिचर)

काठमाडाैं - आज (विहिवार) २४ औं विश्व आदिवासी दिवस नेपालमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ। विश्व आदिवासी दिवस प्रत्येक वर्षको अगस्त ९ तारिखमा मनाइन्छ। संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

विश्व आदिवासी दिवसकै अवसरमा विहिवार काडमाडौंमा समेत विभिन्न आदिवासी समुदायले र्‍याली निकालेका छन्। भृकुटीमण्डपबाट शुरु भएको र्‍यालीले सहिदगेट, न्युरोड हुँदै रत्नपार्कबाट राष्ट्रिय सभा गृहमा पुगि विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अझैपनि नेपालमा आदिवासी जनजातीका मुद्दा सम्बोधन हुन नसकेकामा आपत्ती प्रकट गरेका थिए। 

विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा निकालिएको र्‍यालीका तस्विरहरु :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App