फोटो फिचर

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

यस अघि समाजले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको धर्नामा समेत प्रहरीले हस्तक्षेप गरेको थियो।

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ फोटो फिचर