फोटो फिचर

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि राजधानी काठमाडौं सिंगारिएको छ। दुई दिने नेपाल भ्रमणका लागि शुक्रबार विहान दिल्लीबाट पटना हुँदै हेलिकोप्टरमार्फत जनकपुर आउन लागेका मोदी दिउँसो काठमाडौं आउनेछन्। 

मोदीको स्वागतका लागि राजधानीका मुख्य चोकमा स्वागतद्वार बनाइएको छ भने नेपाल र भारतका झण्डाहरु राखिएका छन्। विशेषगरी सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार, राष्ट्रियसभा गृह, पशुपतिनाथ मन्दिर र टुँडिखेललाई चिटिक्क पारिएको छ।

मोदीलाई राष्ट्रियसभामा नागरिक अभिनन्दन गरिनेछ भने टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ। उनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ।

मोदीको स्वागतका लागि सिङ्गारियो काठमाडौं फोटो फिचर