फोटो फिचर

स्ववियु निर्वाचनमा देखिएको उत्साह (फोटोफिचर)

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ। मंगलबार बिहानैबाट आङ्गिक तथा सामुदायिक क्याम्पसमा निर्वाचन सुरु भएको हो।

विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते हुने तय भएको छ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार १४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ। सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ। राष्ट्रिय मानव अधिकार आयोगले स्ववियु निर्वाचनको अनुगमन गरिरहेको छ।

हेरौँ पुलचोक क्याम्पसमा निर्वाचनका तस्बिरहरू: