फोटो फिचर

कपिलवस्तुमा होलीको रमझम (तस्बिर)

रंगको पर्व होली कपिलवस्तुमा धुमधामसंग मनाइएको छ। तौलिहवा, गाउँदेखि शहरसम्म रंग र अबिर दलेर शुभकामना साटासाट गरिएको छ। बिहानैदेखि सडक, चोक र घरघरमा बालबालिका, युवा, महिला र वृद्धवृद्धाले होली खेलेर रमाए। 

चोकचोकमा आधुनिक गीत र डिजे बजाएर नाचगान गर्नेको भीड थियो। बजार र गाउँ रंग, अबिर र पिचकारीले रंगिए। तौलिहवा, कृष्णनगर र चन्द्रौटा होलीमय बने। अवधी साहित्यकार पशुपतिमणि त्रिपाठीले होलीले मित्रता र सद्भाव बढाउने बताए।

सर्वसाधारणदेखि कर्मचारी र नेताहरू समूहमा होली खेलेर रमाए। प्रहरीले कार्यालयभित्रै होली मनायो भने सुरक्षा कडा पारेर चेकजाँच गरेको थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App