फोटो फिचर

विवाह पञ्चमीपछि श्रद्धालु फर्किँदा रेल्वे स्टेशनमा तछाडमछाड (तस्विरसहित)

क्याप्शन

सात दिनसम्म चलेको सीता-राम विवाह पञ्चमी महोत्सवको शनिबार(आज) अन्तिम दिन श्रद्धालुहरु घर फर्किन थालेका छन्। विवाह पञ्चमीका अवसरमा लाखौं श्रद्धालुहरूले जानकी मन्दिरमा श्रीराम र माता सीताको विवाह समारोहमा सहभागिता जनाएका थिए।

आज बिहानदेखि श्रद्धालुहरू जनकपुरधामका सडक र रेल्वे स्टेशनमा देखिन थालेका छन्। विशेष गरी भारतीय श्रद्धालुहरूको ठूलो संख्यामा रेल्वे स्टेशनमा भीड लागेको छ। विवाह पञ्चमीको अवसरमा रेल्वे सेवा विशेष व्यवस्था गरिएको छ, तर अत्यधिक भीडका कारण रेलमा चढ्न असहज अवस्था सिर्जना भएको छ।

रेल्वे स्टेशनमा भारी भीडका कारण ९:३० बजे जयनगर जाने रेलमा आधा श्रद्धालु समेत चढ्न सकेनन्।

आज जानकी मन्दिरमा 'रामकलेवा' कार्यक्रम पनि हुँदैछ, जसमा भारतको अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई भोजन र दक्षिणा दिइनेछ। यससँगै विवाह पञ्चमीको समापन हुनेछ।

प्रकाशित: २२ मंसिर २०८१ १०:३९ शनिबार

#janakpurrail #biwahapanchami