हनुमानढोकास्थित दसैँ घरमा बिहान ९ः१६ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ।
हनुमानढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो।
हनुमानढोकाको दसैँ घरमा राखिएको जमरालगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण गर्ने गरिएको छ।
तस्बिरमा हेरौँ हनुमानढोकामा घटस्थापना गर्दाको केही झलकहरूः