फोटो फिचर

भक्तपुरमा बिस्का जात्राको तयारी (तस्बिरहरू)

सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा  चैत्र २७ गतेदेखि सुरु हुदैछ।

बिस्का जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ।

बिस्का जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीन तले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ।

तस्बिरहरू : दिपेश दर्शनधारी/नागरिक