फोटो फिचर

नेपाल रिपब्लिक मिडियामा होली (फोटो फिचर)

काठमाडौं– रंगको पर्व होली मनाइदै छ। नेपाल रिपब्लिक मिडियाको केन्द्रीय कार्यालय जेडिए कम्प्लेक्स सुन्धारामा पनि विशेष कार्यक्रमका साथ होली मनाइएको छ।

रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र सम्वृद्धि ज्ञवालीले पत्रकार तथा कर्मचारीलाई रंग लगाइदिएर होली विशेष कार्यक्रम सुरु गरेका थिए। कार्यालयमा आयोजित होली विशेष कार्यक्रम एक आपसमा रंग लगाउँदै उल्लासपूर्वक मनाइएको थियो। 

नेपाल रिपब्लिक मिडियाले नागरिक, रिपब्लिका दैनिक, शुक्रबार साप्ताहिक, र परिवार मासिक प्रकाशन गर्दै आएको छ भने रेडियो नागरिक, नागरिकन्यूज र माइरिपव्लिका डटकमसमेत सञ्चालन गर्दै आइरहेको छ।  

तस्बिर सबै दिपेन्द्र राेक्का

नेपाल रिपब्लिक मिडियामा होली फोटो फिचर