फोटो फिचर

पृथ्वी जन्मजयन्तीमय राजधानी (फोटोफिचर)

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ।

शाहको सालिकमा राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन् भने सर्वसाधरणहरुले पनि पुष्पहार अर्पण गरेर शाहको जन्मजयन्ती मनाएका छन्।

शाहको जन्मजयन्ती मनाउन सर्वसाधरणहरु बाजागाजासहित पुगेका छन्। धामीझाक्रीको भेषमा पुगेका उनीहरुले शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन्।

शाहको  ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह पृथ्वी जन्मजयन्ती