गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्।
यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन्। काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले हर्षोल्लासका साथ ‘तमु ल्होसार’ मनाइरहेका छन्।
ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।










