फोटो फिचर

यसरी निभाइयो मन्त्री ज्वालाको गाडीमा लागेको आगो (फोटोफिचर)

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमाथि आगजनी गरेको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार युवाहरुले मन्त्री प्रकाश ज्वालाको गाडीबाट ओरालेर आगजनी गरेका थिए। प्रदर्शनमा उत्रेका युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित युवाहरुले मन्त्रीको गाडी जलाएका हुन्।

गाडीमा लागेको आगो भने प्रहरीले नियन्त्रणमा लिएको छ। 

 

मन्त्री ज्वालाको गाडीमा लागेको आगो