फोटो फिचर

हिमाल हेर्न ढाँडागाउँ (फोटो फिचर)

काठमाडौंको कोलाहल र प्रदूषण छाडेर यहाँ  आइपुग्दा मन चङ्गा भएको महसूस हुन्छ । यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, गणेश लगायत अन्य हिमश्रृंखला को मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ। अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ। बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ। यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ।  

यो सुन्दर ढाँडागाउँ पर्यटकीय स्थल नगरकोटबाट मात्र ३ किलोमिटर तल काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ। पर्यटकीय गन्तव्यका लागि प्रचुर सम्भावना बोकेको यो ठाउँमा हत्तपत्त पर्यटक आइपुग्दैनन्। 

ढाँडागाउँ प्राकृतिकरुपमा जति सुन्दर छ, त्योभन्दा अझ बढी सुन्दर लाग्छन् यहाँका मानिस। हाँसिला, मिजासिला र शान्त स्वभावका ढाँडागाउँबासी स्वदेशी तथा विदेशी पाहुनालाई मिठो मुस्कानले स्वागत गर्न अलिकती पनि कन्जुस गर्दैनन्। भूगोलले विकट भए पनि यहाँका मनिसहरूको व्यवहार निकै विकसित भएको अनुभव हुन्छ। 

तामाङ बहुल यो गाउँको मुख्य आयस्रोत भनेको खेतीपाती हो। धान, मकै, गहुँ, कोदो, आलु, मुला गाउँका मुख्य उत्पादन हुन्।

हिमाल हेर्न ढाँडागाउँ फोटो फिचर