फोटो फिचर

प्रदेश २ मा उल्लासपूर्ण मतदान (फोटो फिचर)

तराईका आठ जिल्ला रहेको प्रदेश नं. २ मा सोमबार बिहानैदेखि मतदान भइरहेको छ। १ सय ३६ स्थानीय तहमा चुनाव भइरहेको हो। सोमबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । साँझ ५ बजेसम्म मतदान केन्द्रमा पुगिसकेका मतदाताले भोट दिन पाउनेछन्। 

चुनावबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि निर्वाचित हुँदैछन्। प्रदेश २ मा वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा, कलैया र जनकपुर  तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका छन् । 

विभिन्न जिल्लाबाट  नागरिकन्युजकर्मीहरुले जनाएअनुसार मतदाताहरुमा चुनाबी उल्लास देखिएको  छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट एवं बाराबाट नागरिकन्युजकर्मीहरु क्रमशः जितेन्द्र झा, मिथिलेश यादब, सुरेश यादब, महेश्वर दास, टंक क्षेत्री, मदन ठाकुर तथा मदन चौधरीले पठाएका २० तस्विरहरु हेर्नुहोस्।

प्रदेश उल्लासपूर्ण मतदान फोटो फिचर