फोटो फिचर

टेकुमा भगवती पाण्डेविरुद्ध प्रदर्शन गर्न पुगेका र प्रहरीबीच झडप (फोटोफिचर)

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकु घेराउ गरेका छन्।

जिल्ला प्रहरी परिसर घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा अहिले टेकुको स्थिति तनावग्रस्त बनेको छ।

प्रहरीले प्रदर्शनकारी हटाउनका लागि अश्रुग्यास पनि प्रहार गरेको छ। प्रहरीले कतिपय आन्दोलनकारीलाई नियन्त्रणमा पनि लिएको छ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै आइरहेका छन्।  

जिल्ला प्रहरी परिसर टेकु अधिवक्ता भगवती पाण्डे