फोटो फिचर

तस्बिरमा असार १५

काठमाडौँ – आज असार १५ , किसानहरूको निम्ती यो विशेष दिन हो । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा असारलाई लिइन्छ । असार १५ लाई सरकारले धान दिवसको रुपमा मनाउने निर्णय गरेपछि यो दिनको महत्त्व झन थपिएको छ । आज देशैभरी १४ औँ धान दिवस मनाइयो । 

किसानदेखि उच्च पदस्थ व्यक्तिहरूले हिलो खेलेर धान दिवस मनाए । भक्तपुरको सूर्यविनायकमा एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा धान दिवस मनाइयो । असारे भाका गाउँदै, दही चिउरा खाँदै, एक आपसमा खुसी साट्दै  किसानहरूले असार १५ मनाएका छन् । 

 असार १५ को दिनमा  दही चिउरा खाने परम्परा रहँदै आएको छ ।