खोटाङ – सरकारले दाेश्राे चरणकाे निर्वाचन अागामी असार १४ गतेलार्इ ताेकेकाे छ । बुधबार बसेकाे मन्त्रीपरिषद्काे बैठकले ९ गतेकाे निर्वाचनलार्इ १४ गते सारेकाे हाे ।
निर्वाचन सारिएपनि अहिले गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम चलिरहेको छ । तर पनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्न नसकेको गुनासो आइरहेको छ।
यसै सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय खोटाङले बुधबार दिक्तेलको हाटडाँडामा नमूना मतदान कार्यक्रमको आयोजना गरेको छ । कतिपय सहभागी नमूना मतदात गर्न अलमलिएका थिए ।
तस्बिरमा खोटाङको नमूना मतदान । तस्बिरहरु सबै : दमन राई