काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए। उनले नेपाली कांग्रेसका राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका थिए।
विजयी भएपछि मंगलबार पनि शाक्यको विजय जुलुस निस्केको छ। सुन्धाराबाट निस्केको जुलुस, न्युरोड, इन्द्रचोक, रत्नपार्क हुँदै भृकुटिमण्डपमा पुगेर कोण सभामा परिणत भएको थियो।