फोटो फिचर

खोकनाका किसानलाई धान रोप्ने चटारो (फोटोफिचर)

देशभर मनसुनी गतिविधि थप सक्रिय भएसँगै धान रोप्ने चटारो सुरु भएको छ। यतिबेला ललितपुरको खोकनाका किसानहरु धान रोप्न व्यस्त छन्।

त्यसो त असार महिनालाई मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा लिने गरिन्छ। देशका अधिकांश फाँटमा किसानहरुलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ।

असार-साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ। 

खोकना किसान