कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।
आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएको भन्दै ९२ हजार किलोग्राम गोलभेँडा कालीमाटी सडकमा फालेका हुन्।
४ रुपैयाँ किलोमा पनि ब्रिकी नभएको भन्दै किसानहरूले गोलभेँडा फालेका थिए। किसानले सडकमै टमाटर फ्याँक्दा सडक फोहोरका साथै सवारी आवतजावतमा समेत समस्या भएकाे थियाे।