फोटो फिचर

यम बुद्धको सम्झनामा दीप प्रज्वलन (फोटो फिचर)

काठमाडौं– र्याप गायक यम बुद्ध (अनिल अधिकारी)को सम्झनामा बसन्तपुर दरबार क्षेत्रमा दीप प्रज्वलन गरिएको छ।

दीप प्रज्वलनसहित दरबार क्षेत्रमा राखिएको खाली व्यानरमा हस्ताक्षर गरी उनीप्रति समर्थक सर्वसाधारणले श्रद्धान्जली व्यक्त गरेका थिए।

दिवंगत गायक अधिकारीकै अग्रसरतामा शुरु भएकोे र्याप ब्याटल गायकहरुको संस्था र–बार्जको आयोजनामा उक्त कार्यक्रम भएको थियो।

गत शनिबार बेलायतको लण्डनस्थित आफ्नै निवासको बाथरुममा मृत भेटिएका २९ वर्षीय गायक अधिकारीको शव नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक श्रोतले जनाएको छ।

हेर्नेुस् तस्बिरहरुः

 

यम बुद्धको सम्झनामा दीप प्रज्वलन फोटो फिचर