फोटो फिचर

यस्ताे रह्याे– श्री स्वस्थानी व्रत अारम्भ

काठमाडौँ– विगत वर्षहरू झैं यस वर्ष पनि पाैषशुक्ल पूर्णिमा(बिहीबार)देखि श्री स्वस्थानी व्रतकथा शुरू भएकाे छ। काठमाडाैंकाे उत्तरी भेगमा रहेकाे साँखुस्थित सालीनदीमा बिहीबारदेखि २०३ जनाले स्वस्थानी व्रत अारम्भ गरेका छन्। यस मध्य १८८ जना महिला र १५ जना पुरूष छन्।

यसै पर्वकाे अवसरमा साँखुमा माधवनारायण मेला पनि शुरू भएकाे छ। बिहीबारदेखि एक महिनासम्म उक्त मेलामा अवलाेकनकर्ता र श्रद्धालु भक्तजनहरूकाे घुर्इचाे लाग्ने गर्दछ। यस वर्ष २० लाख धार्मिक पर्यटक साँखुमा भित्रिने अनुमान मेला अायाेजकले गरेकाे छ।

माघ महिनामा सालीनदीमा आई स्नान गरे पाप नास भइ पुण्य मिल्ने धार्मिक विश्वास रहँदै अाएकाे छ।

हेर्नेहाेस् तस्बिरहरू

यस्ताे रह्याे– श्री स्वस्थानी व्रत अारम्भ