फोटो फिचर

भक्तपुरमा बिस्का जात्राको रौनक (तस्बिरहरु)

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ।

भक्तपुर नगरपालिका-५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ सोमबार दिउँसो तानेसँगै आठ रात नौ दिन लामो बिस्का जात्रा सुरु भएको हो।

नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट बनाइएको तीनतले करिब ३० फिट अग्लो भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहि आएको छ।

रथलाई दुवैतिर डोरीले तानेर जात्रा सुरु गरिन्छ। एकातिर ६ वटा र अर्कातिर चारवटा मोटामोटा डोरी राखेर हजारौं युवा रथ तान्ने गर्दछन्। 

हेर्नुहोस् तस्बिरमा बिस्का जात्राको रौनक। तस्बिरहरु: प्रसन गुरुङ/नागरिक