फोटो फिचर

आकासबाट हिमाल नियाल्दा (फोटो फिचर)

काठमाडौं उपत्यका घेर्ने पहाडहरुको पछाडि यो मौसममा टलक्क टल्कने हिमाली दृश्य चित्ताकर्षक देखिन्छ। 

खुलेको मौसममा विहानीपख घामको झुल्कासँगै चम्कने हिमालहरु नियाल्न उपत्यका आसपासका अग्ला पहाडका थुम्कामा अचेल पर्यटकको उपस्थिति बाक्लो देखिन्छ।

काठमाडौंको आकास भएर उडान भर्ने आन्तरिक र वाह्य गन्तव्यका जहाजका यात्रुलाई हिमाली दृश्यले रोमाञ्चित बनाउँछ। मानौं यात्रुहरु माउन्टेन फल्लाइटको अनुभव संगाल्दै छन्। 

आकासबाट देखिने उवडखावड पहाडका खोपिल्टाहरु सेतो हुस्सु (कुहिरो) ले भरिएर समथर देखिन्छन्। सेतो हुस्सुले ढाकेको समथर देखिने जमीनको सतह छाडेर केही हरिया पहाड र त्यो भन्दा पारी देखिने लमतन्न फैलिएको हिमश्रृङ्खला आँखामै अटाउँदैन। आकर्षक र निकै लामो हिमाली दृश्य नियाल्न जहाजका झ्याल निकै साना र साँघुरा लाग्छन्।

नागबेली आकारमा निलो रंगका नदी र खोलाहरु उत्तिकै मनमोहक लाग्छन्। अनि, उस्तै कलात्मक लाग्छन् नदी, खोलाका ति बहुरंगी किनारा र बगरहरु।

काठमाडौंको आकास हुँदै हवाइ यात्राका क्रममा उतारिएका दृश्यः (शब्द/तस्बिरः टेकनारायण भट्टराई)
 

आकासबाट हिमाल नियाल्दा फोटो फिचर