फोटो फिचर

भृकुटीमण्डपमा पुष्प प्रदर्शनी (फोटोफिचर)

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो यही चैत १७ गतेदेखि काठमाडौँमा सुरु भएको छ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनीहलमा आयोजीत एक्स्पोमा करिब ६० वटा स्थलहरु रहेको छ भने प्रदर्शनीमा ४५० प्रजाति भन्दा बढीको फुल र फुलका बिरुवाहरु राखिएका छन्।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा थप महत्त्वपूर्ण योगदान पुग्ने उद्देश्यले २४ औ फ्लोरा एक्स्पोको आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए।