फोटो फिचर

चन्द्रागिरि डाँडामा वर्षकै पहिलो हिमपात (फोटोफिचर)

काठमाडौंको चन्द्रागिरिमा सामान्य हिमपात भएको छ। शनिबार काठमाडौंको चन्द्रागिरिमा हिउँ पर्नाले चन्द्रागिरि जाने भक्तालु रमाइ रहेको देखिन्छ।  राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो। 

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी बासु देव न्यौपानेले जानकारी दिएका छन्।

यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो। जाडो याममा हिउँ नपरेपनि अहिले भने हिउँ परेको छ। यसअघिका वर्षमा माघ फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ।

तस्बिरः बासुदेव न्यौपाने

 

चन्द्रागिरि