फोटो फिचर

पोखरामा ‘वात्स्यायन’ लाई भव्य अभिनन्दन (फोटोफिचर)

नागरिक अभिनन्दको क्रममा बात्स्यायनलाई पोखरा बजार परिक्रमा गराँइदै । तस्बिरः नागरिक

व्यंग्यचित्रका माध्यमबाट नेपाली समाज र राजनीतिका विकृति, विसंगीतलाई केलाउँदै व्यंग्यचित्रकारितामा स्थापित वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पुरा भएको अवसरमा शनिबार उनलाई पोखरामा नागरिक अभिनन्दन तथा विशेष नागरिक रथारोहण गरिएको छ।  

पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखरामा क्रियाशिल झन्डै तीनदर्जन वाङमयिक संघसंस्थाले उनलाई रथारोहण गराउँदै नागरिक अभिनन्दन गराएका हुन्। पोखराको नदीपुरस्थित निवासबाट सुरु भएको रथारोहण सहरका विभिन्न भाग परिक्रमा गराउँदै विन्ध्यवासिनी मन्दिरमा पुगेर अभिनन्दन कार्यक्रममा सहभागि गराइएको थियो । कार्यक्रममा सयौं कलाकार, साहित्यप्रेमी, व्यवसायी, विद्यार्थी, कलाकर्मी सहित सर्वसाधारण सहभागि थिए।  

प्रकाशित: ४ चैत्र २०७९ १०:४३ शनिबार

पोखरा दुर्गा बराल ‘वात्स्यायन’ भव्य अभिनन्दन