फोटो फिचर

खोकनाका कृषकलाई धान भित्र्याउन चटाराे [फाेटाे फिचर]

तिहार आउनै लाग्दा ललितपुरको खोकनाका कृषकलाई भने धान भित्र्याउन भ्याइ नभ्याइ छ। बिहानको सूर्योदयदेखि सूयार्स्तसम्म खेतमै धान काट्ने र चुट्नेलगायतको काममै व्यस्त देखिन्छन्। असारमा रोपेको धान कात्तिक लगेसँगै कृषकलाई भित्र्याउन चटारो भएको हो। यो वर्ष समयमा मनसुन अाएकाले धान उत्पादन बढ्ने कृषकहरू बताउँछन्। 
नेपालमा धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये याे वर्ष १८ प्रतिशतमात्र रोपाइँ भएको छ। कृषि मन्त्रालयका अनुसार तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ। 
सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने विज्ञहरू बताउँछन्। पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ। 

ललितपुर खोकनाका केही तस्बिर हेर्नुस्: 

प्रकाशित: ५ कार्तिक २०७३ ०९:२० शुक्रबार

खोकनाका कृषकलाई धान भित्र्याउन चटाराे [फाेटाे फिचर]