फोटो फिचर

यस्ताे देखियाे एमालेकाे चियापान [फाेटाे फिचर]

नेकपा एमालेले शनिबार चियापान कार्यक्रम अायेजना गरेकाे छ । धुम्बाराहीस्थित शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म गरिएकाे चियापान कार्यक्रममा विभिन्न राष्ट्रिय भेशभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरे।

पाहुनालाई पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गरे।

चियापानमा सभामुख ओनसरी घर्ती, मन्त्रीगण, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा माले का महासचिव सिपी मैनानीलगायत नेता सहभागी थिए।

कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताको खचाखच सहभागिता थिए ।

राससकाे तस्बिर हेर्नुस्

प्रकाशित: २९ आश्विन २०७३ ११:११ शनिबार

यस्ताे देखियाे एमालेकाे चियापान [फाेटाे फिचर]