फोटो फिचर

यसरी मनाइयो टुंडिखेलमा सेना दिवस (फोटोफिचर)

सेना दिवसको अवसरमा शनिबार नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल सरिक भएका छन्। कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो।

वि.सं. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ। नेपाली सेनाले कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रिको बढाईं समेत गरेको छ।

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो। सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र प्याराुट खसालिएको थियो। सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।