फोटो फिचर

सन्दीप र क्यानविरुद्ध माइतिघरमा प्रदर्शन, ताराबराल प्रकाउ (फोटोफिचर)

नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीममा समावेश गरिएको विरोधमा माइतीघरमा प्रदर्शन भएकाे छ।  

शनिबार केही युवायुवती र विभिन्न क्षेत्रका व्यक्तिहरूले माइतीघरमा सन्दिप र क्यानविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।  

क्यनले सन्दीप लामिछानेलाई बिहिबार राष्ट्रिय क्रिकेट टिममा समावेस गरेको थियो। आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रंखलाका लागि उनीसँगै २० जनालाई बन्द प्रशिक्षणमा सामेल गराइएको हो।

यसअघि सन्दीप लामिछानेबाहेक पहिलो चरणको प्रशिक्षणमा क्यानले २८ खेलाडीलाई बोलाएको थियो। बिहीबार ९ खेलाडीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई पाँच महिना पछि राष्ट्रिय टीममा पुनरागमनको मौका दिएको हो।

यस अघि उनलाई राष्ट्रिय टिममा फर्काउने या नफर्काउने धेरै प्रश्नहरू उठेका थिए।

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो। यद्यपी लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन छ।

अदालतले उनलाई २० लाख धरौटीमा रिहा गरेको थियो भने उनलाई क्रिकेट खेल्न रोक लगाइएको भने थिएन। तर उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कायालयले १७ गते सर्वोच्चमा निवेदन दिएको थियो। उक्त निवेदनमा सर्वोच्च अदालते कैफियत प्रतिवेदन माग्ने आदेश दिएको छ।  

क्रिकेटर सन्दीप लामिछाने