फोटो फिचर

पशुपतिमा तीजको राैनक (फोटो/भिडियो)

पशुपतिमा सेल्फी खिच्दै युवती। तस्बिरः प्रबिन कोइराला

काठमाडौँ-हरितालिका तीजका अवसरमा अाइतबार बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड जुटेको थियो।

पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई केही समय वर्षाले प्रभाव पारेको थियो।

व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको थियो।

तस्बिर र भिडियोमा हेराैं पशुपतीमा तीजको राैनकः

 

पशुपतिमा तीजको राैनक फोटो/भिडियो