काठमाडौं– अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औं अटो सो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उक्त प्रदर्शनीको उदघाटन गरेका छन्। प्रदर्शनीमा ७४ कम्पनीका १ सय २५ स्टलहरू रहेका छन्। नेपालकाे अटाे माेबाइल्स क्षेत्रकाे समग्र विकास र प्रवर्द्धनमा टेवा पुर्याउन नाडाले उक्त मेलाकाे अायाेजना गरेकाे जनाएकाे छ। प्रदर्शनीका संयोजक शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको बताएका छन्।
६ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने नाडाकाे अपेक्षा छ।