फोटो फिचर

गाईजात्राको रौनक

काठमाडौं- आज गाईजात्रा पर्व। हास्यव्यङ्ग्य सहित मृतात्माको शान्तिको कामना गर्दै काठमाडौं उपत्यकामा र नेवार समुदायले देशभर यो पर्व मनाउँदै छन्।

यो पर्वको अवसरमा विभिन्न झाँकी निकाल्ने चलन समेत रहेको छ।

राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको मान्दै आइएको छ। राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ। यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरिन्छ।

गाईजात्राको दिन विधिवत् रुपमा गाईलाई नगर परिक्रमा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ। गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतात्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास रहेको छ।

काठमाडौंमा हरेक बर्ष गाई जात्रामा तेस्रो लिंगीहरुले पनि आफ्नो झाँकी देखाउने गर्छन्। समान अधिकार, हिंसा अन्त्य जस्ता विषय उनीहरुले उठाउने गर्छन्।

नागरिक न्युजका प्रबिन कोइरालाले आफ्नो क्यामेरामा कैद गरेका केही तस्बिरहरु:



 

 

गाईजात्राको रौनक