फोटो फिचर

साँझमा मुस्कुराएको काठमाडौं(फोटोफिचर)

यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ। बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ। शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा सडक र भवनहरु यतिबेला धपक्क बलेको देख्न सकिन्छ।  

मठ मन्दिरहरुमा बिजुली बत्तीको चमक छरपस्ट छ। मन्दिर, व्यापारिक भवन र काठमाडौंको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरु नै रंगीचंगी बत्तीले चम्किरहेका देख्न सकिन्छ।

अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढीरहेको पनि छ। बत्तीको प्रकाशले मन्दिरहरु धपक्क बलेका देखिन्छन्। जसकारण पनि साँझको समयमा काठमाडौंका यी ठाउँहरुको दृश्य हेर्न लायक बन्छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका साँझमा मुस्कुराएको काठमाडौंका यी मनमोहक तस्बिरहरु।