फोटो फिचर

फुर्सदिलाे शनिबार, बेफुर्सदी काठमाडाैं

१. काठमाडौंको बौद्धनाथ स्तुपा परिसरमा परेवासँग रमाउँदै युवती र बालिका।

काठमाडाैं– शनिबार काठमाडाैं अलि फूर्सदिलाे बन्छ। घुमफिर, मनाेरञ्जन, विमाेचन, सार्वजनिक यस्तै यस्तै हुन्छन्, काठमाडाैंका शनिवारीय दैनिकी। तर, शनिवार बेफुर्सदी हुनेहरू पनि कम्ति छैनन् काठमाडाैंमा। यस्तै यस्तै दैनिकी बिताउने हरूका शनिवारीय दृष्य हेर्नुहाेस्ः 

२. बौद्ध गुरु रिम्पोचेको जन्मदिनको अवसरमा बाल्न नौनी दीप तयार पार्दै एक महिला।

३. राजधानीमा जारी कर्पोरेट फुटसल प्रतियोगिताअन्तर्गत शनिबार नेपाल रिपब्लिक मिडिया र मेगा बैंकबीच भएको खेलको झलक।

४. लेखक सुमन घिमिरे(बायाँबाट दोस्रो) र वरिष्ठ पत्रकार किशोर नेपाललगायत सुमन घिमिरेद्वारा लिखित पुस्तक नेपाल पर्यटन बोर्डको हलमा विमोचन गर्दै ।तस्बिर दिपेश श्रेष्ठ

५. नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित रामप्रसाद राईको डकुमेन्ट्री सार्वजनिक समारोहमा सहभागी हुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।

६. गोपीकृष्ण चावहील मार्गमा भइरहेको निर्माण कार्य। तस्बिरः दिनेश गोले


७. गोपिकृष्ण मार्गको हिलाम्ये सडक पार गर्दै एक प्रौढ महिला। तस्बिरः दिनेश गोले

 

प्रकाशित: २९ श्रावण २०७३ १२:५८ शनिबार

फुर्सदिलाे शनिबार बेफुर्सदी काठमाडाैं