फोटो फिचर

शपथ पछि सामूहिक तस्बिर लिँदै नवनियुक्त मन्त्रीहरु

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

नवनियुक्त मन्त्रीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। राप्रपाका ध्रुवबहादुर प्रधान कानुनमन्त्री बनेका छन्। राप्रपाकै विक्रम पाण्डे सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।

नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, माओवादीकै सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री,सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।

नेकपा (एमाले)का सांसद हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रूपमा शपथ लिएका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा.तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।

शपथ