फोटो फिचर

विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन

पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।

सोमबार काठमाडौंको नागरिक उड्डयन प्राधिकरण अगाडि र माइतीघरमा विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।

क्याबिन क्रु एशोसिएशन अफ नेपाल एयरलाइन्स, अनेरास्ववियु उपत्यका कमिटि,एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र  विश्व निकेतन ल क्लबले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको हो।

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो। 

७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजि कार्य जारी रहेको छ। मृतकको पोस्टमार्टमका लागि गण्डकी अस्पतालमा राखिएको र ४१ जनाको अहिलेसम्म पहिचान खुलेको छ।

प्रकाशित: २ माघ २०७९ १२:४३ सोमबार